Skip to main content

कल्पनाको बिहे - भाग १

 कल्पनाको बिहे - भाग १

२०४५ सालमा मेरो जन्म भयपछि मेरो नाम मेरा बा आमाले कल्पना राख्नुभयो । मेरो यउटा भाइपनि थियो र हामि मिल्थियउ पनि, बाले माउरिको घार काडेर स्राद्दकोलागि भनेर लुकायर राखनुभुको मह सुटुक्क निकालेर खानलाइ, नत्र त हामि कुकुर र बिरालो भन्दा कम थियनौ । मेरि आमाले मलाइ भात खुवाउदा म आ गर्थे तर खानाचाहि मेरो भाइले आमाको हात तानेर आफु खान्थ्यो । मेरो भाइसन्गै कछ्या १ मा मेरो बाले मलाइ भर्ना गर्दिनु भयो । मलाइ अहिलेसम्मपनि मेरि आमाले भन्नुहुन्छ, “भाइलाइ साथि हुन्छ भनेर स्कुल भर्ना गरिदियको त झन् भाइलाइपनि लियर मामाघर जादि रैछे जाठि ! अहिले छोराछोरिलाइ पढिन भनेर गालि गर्छे ! ”

स्कुल पठाउदा मामाघर जाने गरेको थाहा भयपछि मेरो दिनचर्या मेरो गाउको हेर्दा सुन्दर लाग्ने खेत बारिमा बित्न थाल्यो । म हरेक काम छिट्टै गर्ने भयका कारण गाउघरमा मेरि आमाको साटो मलाइ मेलामा बोलाउथे । गाउका बुढिपाकाहरुले भन्थे, “यो कल्पेलेचाहि जुन ठाउमा परेपनि घर गरेर खान सक्छे !” अझ कालि आमैले त, “मेरो दाजु को छोरा सन्ग बिहे गराईदिन्छेस त तेरो छोरिलाइ ! पुलिसमा हवल्दारको जागिरे छ ! सरकारि जागिरे हो ! वाउ मरि सके, दाजु भाइ छैनन् ! आमा ७० नाघिन्, केहि बर्स हेरचाह गरेपछि सबै आफ्नो हुन्छ ! आट्ने होत ?” भनेर बारम्बार मेरि आमालाइ जिस्क्याउथिन । मेरि आमा ऊत्तरमा, “य आटिछौ ! अझै ४ टा बर्स छोरिको कमाइ खाने हो, यति कलिलो छोरिलाइ पठाउदिन ” भन्थिन ।

आमाले छोरिलाइ जत्तिनै माया गरेर राखेपनि समाजले छोरिलाइ माइतिघरमा बस्न दिदो रैनछ । गाउमा आफुभन्दा जेठि सबै चेलिको बिहा भइसकेकाले पालो मेरो आयको थियो । माइलि भयपनि मलाइ मेरि आमाले कान्छो छोरो भन्दा धेरै माया गर्नु हुन्थ्यो र मलाइ पनि धेरै माया लाग्थ्यो । यकदिन मेरि आमाले म सङ्ग आयर चन्द्रमाको ग्रहण जस्तै अनुहार बनाइ आखाबाट पिलिलि आसु झार्दै भन्नु भयो, “छोरि ! तलाइ मेरो कत्तिको माया लाग्छ ?” । मेरो आमाको मुहार र ऊहाको आखाबाट बगेको आसु देखेर मैले सोचेका सबै प्रस्नहरु मेरो मुखबाट बाहिर निस्कन सकेनन् । मलाइ सोध्नु थियो, “हैन ! के भयो आज बुढिलाइ ?, कस्तो प्रस्न सोधेको ? अझ, “तिमि थोत्रि बुढिको यक थोपापनि माया लाग्दैन ! बरु त्यो कालो भैसिको लाग्छ !” मेरो मुखबाट यक सब्दपनि बाहिर निस्कियन । ऊहाको आखामा म स्नेह र माया प्र्स्ट देख्न सक्थे । मेरि आमाको आजको आसु आज अलि फरक थियो !

फेरि पनि मेरि आमाले भन्न भन्नुभयो । मैले आमाको आछु पुछ्दै भने, “लाग्छ नि आमा ......”, भन्दा भन्दै “तेसो भय त मैले भनेको यउटा कुरा मान् है त !” भन्नुभयो । सधै झै आजपनि कसको मेला जान चेपारो घस्न आकि हुन् यि बुढि भन्ठानेर मैले केहि नसोचि, “हुन्छ, भन्नुन” भने । आमाले भन्नु भो “साच्चि मान्छेस् नि ?”, मैले भने, “ह्या बुढि ! मेरो टाउकाको जुम्रा हेर्न चाहि दिन्न अरु चाहि मान्छु ” । मेरि आमाले, “कालि आमैले भनेको हवल्दार केटो सङ्ग तेरो बिहे छिन्नु भाछ, मङ्सिरलाइ साइत जुर्या छ रे ” भनेर भन्नु भयो । म सानै उमेरको भयका कारणलेपनि होला मलाइ यकदमै रुन र कराउन मन लागेको थियो । मेरि आमालाइ भन्न मन थियो, “ आखिरिमा तिमिले पनि मलाइ अरुको घर पठाउने नै सोच गर्यौ हैन आमा ? मैले के गल्ति गरेर ! मैले आफुले सकेको जति काम गरेकै छुनि ! बरु अबदेखि महपनि चोर्दिन, भाइलाइ पनि स्कुल लियर जान्छु ! तपाइले भनेको सबैकुरा मान्छु !” तर मेरि आमाको आसु देखेर केहि बोल्न सकिन !

केहि दिन त मैले भातपनि खाइन ! मेरो बिहेलाइ भनेर मेरो दिदि आफ्नो माइतिघर आउनुभयो । हवल्दार मेरो दिदिको गाउका आफन्त रहेछन् । दिदिले मलाइ, “छोरि भयर जन्मियपछि ढिलो वा चाडो यकदिन अवस्य पराइको घर जानुपर्छ ! के गर्छेस् त सन्सारको नियमनै यस्तै छ ! पार्वतिले पनि त आफ्नो बाबाको महल छाडि शिवजिको झुपडिमा गइन् नि !” भनेर सम्झाउथिन् । सबैले राम्रो कुरा गरेपनि यथार्थमा मलाइ घरबाट छिटो अन्माउने रहर थियो सबैको । मेरो मनको पिडा र मरो सोच कसैलाइ बुझनु थियन । जत्तिनै रोयपनि, खाना नखायपनि, म पिडामा भयपनि मेरो बिहको तयारि धुमधामसित हुदै थियो । मेरो दाजुले बिहेको लागि भनेर २ टा घोर्ले खसि साचोकबाट किनेर ल्याउनुभुछ् । घरमा सबै खुसि थिय म बाहेक ।

मेरा सङ्घिनिहरु मलाइ हवल्धार्नि भनेर जिस्क्याउदथे । मलाइ सबभन्दा नजिक बाट चिन्ने मेरि यकजना साथि थिइन्, “सबिना” । हामि लगभग यउटै उमेरका थियौ र त्यस कारणपनि हाम्रा कुराहरु मिल्दथ्य ।

उ सधै भन्थि, “हेर कल्पे ! तेरो बिहे जहा भयपनि मलाइ नबिर्सि है ..”

म – “लाटि ! म बिहेनै गर्दिन”

उ – “म पनि हेरुमला ! मेरो भन्दा पहिला ऊस्कै बिहा हुने होला ! अझ ठुलो हुन्छे ..”

म – “म त सधै मेरो आमा संघै बस्छु, मेरा यि बा आमाको बुढेसकालमा हेरचाह गर्छु । म, त जस्तो हो र आफनो बा आमालाइ भन्दा बढि त्यो छोटेकामिको छोरोलाइ माया गर्ने !”

उ – लजाउदै..... “म पनि हेरम्ला”

यस्तै कुरा हुन्थे हाम्रो बिहान पधेरोमा पानि लिन जाने बेलामा । छोटेकामिको छोरोपनि पधेरि जाने बाटोमा सबिनालाइ कुरेर बस्थ्यो र सबिनाको आखामा हेरेर मुसुक्क हास्थ्यो र भन्थ्यो, “मलाइ पनि अलिकति पानि लेउन, कस्तो तिर्खा लाग्यो !”, सबिना उत्तरमा लजाउदै, “तेहि छ पधेरो खाय भैगोनि” ।

मेरो बिहेको तयारिलाइ सबिनापनि मेरो घरमै म सङ्गै आयर बसि । उ मलाइ तेरो वुढो यस्तो होला है भनेर भनिरहन्थि म सुनिरहन्थि । मलाइ उसले भोलि भेट्न बोलायको छ भन्दै हर्सित थिइ ऊ । बिहानि कालि आमैले कामिको छोरो र सबिनालाइ सङ्गै देखेपछि हत्तार हत्तारले गाउलेहरुलाइ जम्मा गरिछिन् र हुन पनि हो आफु भन्दा तल्लो जातसङ्ग सबिनाले प्रेम गर्न हुन्न थियो तर प्रेमको परिभासामा सबै जात धर्म बराबर रहेछन् । सबै गाउलेले उसको सास नै नरहने गरि कुटिरहेका थिय अचानक मुखियाबा आउनुभयो । मुखियाबाले गाउलेलाइ रोकेर कामिलाइ गाऊ निकाला गर्नु भयो । जाति र धर्मको नाममा लिप्त समाजको अगाडि सबिनाको रोइ कराइको केहि लागेन ।

भोलिपल्ट बिहान मेरो बाले मलाइ तेरो बिहे सर्ने भयो भन्नु भयो । मैले अचम्मित हुदै बालाइ प्र्स्न गरे, “किन र बा ? किन सरेको ?” बाले निहुरिदै भन्नुभयो तेरो साथि त्यो सबिनाले छोटेको छोरोको भुडि बोकेकि रैछे, अनि बिहानै सिगुटे झाडिमा गयर झुन्डियर मरिछे । मैले भने, “ह्या बा ! साच्चि भन्नुन”.. बाले भन्नुभयो “साच्चि त होत !”, बाले तेसो भनेपछि मलाइ सबिना सङ्ग बितायका हरेक छ्यण र पल मेरो आखा सामु आउन थाले । मेरो बाले नरो छोरि ! यस्तै हो कुबुद्दि लागेसि भनेपछि मलाइ ग्यात भयोकि म त रोइ रहेको रहेछु । मलाइ सबिना सङ्ग रिस पनि उठिरहेको थियो । आखिर हाम्रो हरेक कुराहरु साटघाट हुन्थ्यो, तेसले मलाई भन्नुपर्थ्यो ! मरिसकेकि उनको बारेमा मसङ्ग धेरै कम्प्लेन र दुखेसो थियो । जिवन के हो भनेर मलाइ सिकाउने उनले यसरि सन्सार छाड्दा म पनि लाचार भय । मैले दैवलाइपनि धेरै गालि गरे र कुसब्दपनि बोले ।

Comments

Post a Comment

Popular posts from this blog

Caption for photo in nepali

                                       🇳🇵 1.  पागलपनले त्यहि कुरा गर्छ, बारम्बार, बारम्बार तर फरक परिणामहरूको आशामा । 2.  तपाईलाई के मनपर्छ भनेर माया गर्नुभन्दा घृणा गर्नु यो राम्रो हुन्छ कि तपाईं के हो ? 3.  यो सपना र जिन्दगीमा फोकस गरेर बाच्न बिर्सनु हुँदैन। 4. जय Pubg 5.  असल साथीहरू, असल पुस्तकहरू, र निद्रा आश्वासन ः यीनीहरु नै एक सिद्ध जीवन हो। 6.  कहिलेकाहीँ प्रश्नहरू जटिल हुन्छन् र उत्तरहरु भने सरल हुन्छन्। 7. माया यस्तो चिज हो जुन थोरेै भयो भनेपनि र धेेेैरेै भयो भनेपनि आफेैलाई पीडा दिन्छ । 8. माया त तिमिलाइ नै गर्थे तर तिम्ले मलाइ हैन मेरो सम्पतिलाइ गर्दो रैछौ । 9. मानिस तेतिखेर चनिन्छ जब तपाइलाइ सहयोगको आवस्यक्ता पर्छ । 10. धन भन्दा बिधा ठुूलो भन्ने मास्टरले आज तलव थोरेै भएर जागिर नै छाड्यो । 11. तिमि त मेरो नसाको हरेक कुना कोप्चामा छौ प्रिय।  12. मलाइ अपनाएर त हेर तिमिले Pubg नि बिर्सने छौ । 13. आज मलाइ देखेर रिस गर्नेहरु...

कठै पुर्खाले आर्जेका मेरो देस !!!

कठै मेरो वीर पुर्खाले आर्जेेका मेरो देस नेपाल ! लोकतन्त्र र गणतन्त्रको नाउमा सिधा र सोझा नेपाली जनतालाइ घुुमााएर देसलाइ खोक्रो पार्ने भुसुन्डाहरुु जो हामी जनताकै खुुुुट्टा ढोगेर र हात फैलार सृपेच हटायेर आफू आफै आसन ग्रहण गरे तिनै अहिले ब्ररमलुट मच्चाउदै आनन्दले टाउके भए अनि ती कुराहरु उठाउने जनतालाइ चुुुुरोटको ठिटा जसरि खुुुट्टाले किल्चेेेर निभाउदै काधमाथि हात राखेजस्तो गर्छन् । जब पुर्व राजा पृथ्वीनारायण साह लाइ सम्झिन्छु तब मेरा इ आखा रसाउछ ! विभिन्न जातजाति, धर्म, भाषा………अझ के के हो केे के को नाउमा राजनिति गरेर हामी दाजुभाइ दिदिबहिनिलाइ भिडाएर राजनितिको नाउमा अपराध गर्ने ती मानव रुपि पापि राक्षसहरुलाइ त कानुन पनि नलाग्दो रैछ । कानुन त केवल हामी साधारण जनतालाइ मात्र रैछ ! लोकतन्त्रको नाउमा जनताले हैन जनताका नेताले मात्र सुख पाएका छन । चिल्लो गाडि, वरिपरि बन्दुक बोकेर बसेका सेवक, चार पाच जना चाकडिवाजहरु, महल, हरेक कुराको पैसा आफुुलाइ नलाग्ने जस्ता भौतिक सुबिधाको लागित पक्कै मदन भण्डारि, बिपि कोइरालाले आफ्नो जिवनको समय लोकतन्त्र ल्याउनको लागि होमेका त हैनन होला नि ! अब यसका बिरुद्...